Book review (Nepali)

काठमाडौं जाने बाटो

“..................... गरिबीको कारणले पिल्सिएका नेपालीहरू यसरी आर्थिक, सामाजिक, राजनैतिक रूपमा शोषणको मारमा परेका छन् भन्ने बारेमा उपन्यासले ज्यादै मार्मिक चित्रण प्रस्तुत गरेको छ । ............. नेपालमा विदेशीहरूको बढ्दो राजनैतिक प्रभावका कारण संम्भावित परिणामहरूका बारेमा लेखकको दृष्टिकोणसँग सहमत नहुने ठाउँ देखिंदैन । ......... यो छोटो उपन्यासले भन्न खोजेका कुराहरू ज्यादै सामयिक र सान्दर्भिक छन् ।

साप्ताहिक प्रजातन्त्र, २०५१ माघ १९

"नेपाल के प्रख्यात लेखक प्रकाश ए. राज के इस लघु उपन्यास ............. वर्तमान परिस्थिति पर अंग्रेजी में लिखे गए इस सशक्त लघु उपन्यासको भारत में सर्वप्रथम पाञ्चजन्य धारावाहिक किश्तो में प्रकाशत कर रहाँ है ।"

पांचजन्य, दिल्ली, १ जनवरी १९९५

"काठमाडौं जाने बाटो शीर्षक नेपालका ख्यातिप्राप्त लेखक श्री प्रकाश ए. राजद्वारा रचित अति सामयिक पुस्तकको भूमिका मलाई लेख्न भनिएको मैले आपूmलाई सम्मानित गौरवान्वित ठानेको छु । दक्षिणा एशियाका दुईवटा सबभन्दा ठूलो राष्ट्रहरूको द्वन्द्व अखडा बनी हाम्रो नेपालले साँढेको जुधाई बाच्छाको मिचाई भन्ने स्थिति भोग्न नपरोस् भन्ने उद्देश्यले समसामयिक घटनाचक्र र गतिविधिहरूको सुक्ष्म विश्लेषण साथ उपन्यासको माध्यमद्वारा नेपाललाई आइलाग्न सक्ने यो संकटको लेखकले राम्रो चित्रण गर्नु भएको छ।"

हृषिकेश शाह

"प्रकाश ए. राज पर्यटन एवं यात्रालेखन फा“टका एक कुशल हस्तीमात्र होइन अद्वितीय सर्जक नै हुन् । ................ यस लघु उपन्यासले पाठकहरूलाई मनोरञ्जनको अतिरिक्त नेपालमा आतंकवादको झझल्को त दिने नै छ ।"

राजेन्द्रबहादुर श्रेष्ठ

"प्रकाश ए. राज पर्यटन एवं यात्रालेखन फा“टका एक कुशल हस्तीमात्र होइन अद्वितीय सर्जक नै हुन् । ................ यस लघु उपन्यासले पाठकहरूलाई मनोरञ्जनको अतिरिक्त नेपालमा आतंकवादको झझल्को त दिने नै छ ।नेपालको राज्यसञ्चानमा संलग्न निकायहरूले यस कृतिको एकपटक अध्ययन गर्नुपर्ने

धातृ सुवेदी (गोरखापत्र, २०५४ ।२ ।१८)


एक यात्रा लेखकको कथा

"प्रकाश ए. राज नेपाली वाङमयमा यात्रालेखन त्यति फस्टाउन सकेको देखिंदैन । ....... तर हाम्रा बीचमा एक अपवाद पुरुष पनि छन्, ती प्रकाश ए. राज नामले नेपाल बाहिर समेत नेपाली यात्रा लेखक भनेर निकै कहलिएका छन् । ............ यस पुस्तकमा विश्वको विकसित मुलुक संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरदेखि नेपालको मुस्ताङसम्मको विविधता छ र जानकारीहरूलाई रोचक, प्रभावोत्पादक तथा शिक्षाप्रद रीतले सरल शैलीमा संक्षेपमा समावेश गरिएको छ । ........ सूचनालाई सन्दर्भ मिलाएर सञ्चारित गर्ने, पाठकमा पु¥याउने कलाका लागि पनि यो पुस्तक अभैm पठनीय छ ।"

गरिमा (शिवप्रसाद सत्याल “पीठ”), २०५१ चैत


विद्वच्छिरोमणि हेमराज शर्मा (जीवनी)

"पुस्तकमा प्रधानमन्त्री जुद्धशम्सेरदेखि लिएर सोमनाथ, राममणि, ऋद्धिबहादुर मल्ल, मदनमोहन मालवीय र केशरशम्सेर आदिले उनलाई बेलाबैलामा लेखेका चिठ्ठीहरू पनि समावेश गरिएका छन् । यसबाट पुस्तक पठनीय र रोचक पनि हुन आएको छ ।"

गोरखापत्र, २०३५ ।२ ।१४ (पिंडाली)

"साँच्चै भनौं भनै यसलाई कसैको जीवनी भन्ने नामकरण गर्नुभन्दा नेपाली इतिहासको घटनाको सड्डालो भनिदिए अत्युक्ति हुने छैन ।"

नेपाल एक्सप्रेस, २०३९ ।५ ।२० (समीक्षक)


विजयराज पण्डित

"प्रस्तुत अनुसन्धानात्मक पुस्तक उनको जीवनीमा मात्र सीमित नभई एउटा ऐतिहासिक महत्वको नवीन पुस्तकको रूपमा प्रकाशनमा आएको अनुभव हुन्छ । ............... एउटा महत्वपूर्ण ऐतिहासिक अभिलेखकै रूपमा उभिन सफल भएको छ । ........... प्रस्तुत पुस्तक जीवनीमा आधारित भए पनि लेखकले भावनात्मक अभिव्यक्ति र व्याख्याले मात्र इतिहास सम्बन्धी ठोस जानकारी प्रदान गनृ नसकिने तथ्यप्रति सतर्क रही इतिहासलाई सत्यको नजिक पु¥याउन तत्कालीन प्रभावोत्पादक विचार प्रसङ्गहरूलाई उनेर सम–सामयिक घटना र त्यस घटनाबाट उत्पन्न समस्या र त्यसको परिणामको सही मुल्याङ्कन गर्ने सार्थक प्रयास प्रस्तुत पुस्तकमा गर्नुभएको छ । ................विभिन्न महत्वपूर्ण ऐतिहासिक अभिलेखहरूको निश्चय पनि नेपालको इतिहसामा केही थप कुराहरू मात्र होइन नितान्त नवीक तथ्यहरू पनि प्रकाशमा ल्याउने काम गरेको छ । त्यसैले नेपाली इतिहासका जिज्ञासु पाठकहरूको निमित्त प्रस्तुत पुस्तक पठनीय मात्र होइन संग्रहणीय पनि बन्न सफल भएको छ ।"

गोरखापत्र (२०५३ ।५ ।८, शिवप्रसाद भट्टराई)

"नेपालको इतिहासमा विशेष चाख हुनेहरूका लागि कतिपय अनुपलब्ध सामग्री प्रस्तुत भएको पनि अनुभव हुन्छ । त्यसैले आकार सानै भए पनि प्रकाश ए. राजको यो पुस्तक एउटा ऐतिहासिक महत्वको कृति हो र यसले अध्येता पाठकलाई अवश्य नै राम्रो बौद्धिक खुराक दिन सक्ने देखिन्छ । "

– मधुपर्क (२०५३ फागुन, रघु घिमिरे)

"नेपालको इतिहासमा प्रस्तुत पुस्तिकाले आजसम्म प्रकाशमा नआएका केह िथप कुरा पनि प्रदान गर्नेछ । .............. चुम्बकीय व्यक्तित्व भएका विजयराज पण्डितको जीवनीबारे वास्तविकता थाहा पाउन प्रस्तुत पुस्तक किनौं, राम्ररी पढी मनन गरौं र आफ्नै संग्रहालयमा राखौं ।"

कान्तिपुर (हेमराज ज्ञवाली, २०५३, १२ ।९)


पन्नाको औंठी

"............ यो उपन्यास हो, डायरी कथा हो । एशिया, अरब लगायत विश्वका विविध देशबाट अमेरिका जाने, त्यहीं बस्न चाहने, कामको व्यवस्था गरी बस्ने परम्परा आदि कुरा यसमा छोटो तर रोचक पाराले वर्णित छन् । यो पनि समसामयिक कथा हो, तात्कालिक इतिहास हो किनभने जुन बेलादेखि अमेरिकातिर जानेहरूको घुइरो लागेको थियो त्यसै बेलाको कथा यसमा छ । यसमा आक्रोश व्यक्त छैन, उडन्ते कल्पना मात्र छैन, छ त एउटा समसामयिक कथा छ, नारीको मनस्थितिको अवस्था कोट्याउने प्रयास छ र अमेरिकामा गएर बस्ने प्रवासीहरूको यथार्थ कथा छ ।"

मधुपर्क, २०५१ जेठ (अच्युतरमण अधिकारी)

"उपन्यासमा कथाको प्रवाहले जीवन्त गति लिन सकेको छ, जसको कारण कुनै पनि पाठकका लािग यो उपन्यास सुरुचिपूर्ण बन्न सक्ने देखिन्छ । .......... अति संक्षिप्त रूपमा लेखिए तापनि कथावस्तु, कथोकथन, घटना र चरित्रचित्रणका माध्यमबाट एउटा सिड्डो जीवनको समग्र पक्षको वर्णन गर्ने काम यस उपन्यासमा भएको छ, जसलाई यस उपन्यासको मूलभूत वैशिष्ट्यका रूपमा आत्मसाथ गर्न सकिन्छ ।"

गोरखापत्र २०५० ।१० ।९ (शिवप्रसाद भट्टराई)


केही खोजेको केही देखेको

यात्रा साहित्यकारका रूपमा विशेष चिनारी बनाएका प्रकाश ए. राजले विविध विधानमा कलम चलाएका छन् । कथा, उपन्यास, जीवनी, निबन्ध आदि क्षेत्रमा उनको समान दखल रहेको देखिन्छ । नेपाली बाहेक अंग्रेजी भाषामा पनि उनको कलम बेगिलो भएर बग्दछ । नेपाली र अंग्रेजी दुवै भाषामा पुस्तका छापिएका साह्रै कम नेपाली लेखकहरूमा प्रकाशको नाम अघिल्लै लहरमा आउँदछ ।


यात्रा साहित्यका त उनी सुपरिचित कुशल शिल्पी नै हुन् । प्रकाश ए. राजको विशेषता के हो भने कतिपय लेखकका भ्रमात्मक विचार र व्यवहारलाई तार्किक अति प्रामाणिक ढङ्गले औंल्याउन उनी कत्ति हिच्किचाउँदैनन् । कसैप्रति दुराग्रह राखेर उनी यसो गर्दैनन् । सत्य कुरा नढाकियोस्, नबङ्ग्याइयोस्, वास्तविकता, जनसमक्ष आओस् भन्ने सदाशयबाट नै उनी यसो गर्छन् ।


उनका तर्कसम्मत र व्यवहारिक मान्यतायुक्त विचार पढेर पाठक प्रभावित नभई रहन सक्दैन । समग्रमा प्रकाश ए. राजको प्रस्तुत पुस्तक जिज्ञासु र अध्ययनशील पाठकहरूको बौद्धिक तिर्खा मेट्न त सफल छ नै, त्यसबाहेक साहित्य, राजनीति, इतिहास र यात्रा वृत्तान्तबारे चाख राख्ने प्रत्येक पाठक निम्ति पढ्नैपर्ने एउटा सारपूर्ण पुस्तकको रूपमा समेत आफ्नो महत्ता सिद्ध गर्न सक्षम देखिएको छ यो निबन्ध कृति ।


रोमिरे (रचना, २०५८)

इतिहास र समालोचना अन्तर्गतका गद्यहरू विचारोत्तेजक छन् । कतिपय विषयमा विवाद, प्रतिवाद पनि छन् । तर जे छन् प्रमाणपूर्वक आएका छन् । जस्तो उनले यदुनाथ खनालका समालोचनाका केही विसंगत पक्ष मा यदुनाथ खनाल विवादरहित नाउँ होइन भनेर प्रमाणितै गरिदिएका छन् ।


त्यसैगरी भाषा, धर्म र संस्कृति अन्तर्गतका लेखहरू पनि जानकारीमूलक एवं रोचक छन् । यस कृतिको रोचक एवं अत्यधिक पठनीय खण्ड हो— यात्रा संस्मरण ।


प्रकाश ए. राज साँच्चै रोचक यात्रा संस्मरणका लेखक हुन भन्न हिचकिचाउनु पर्दैन ।


विभिन्न पत्रपत्रिकामा पूर्व प्रकाशित यी निबन्ध उपविधाका गद्यले प्रकाश ए. राजलाई समर्थ गद्यशिल्पी प्रमाणित गरेको मात्र हैन, यो कृति नेपाली साहित्यका चासो राख्नेहरूका लागि एक प्रकारले अनिवार्य कृतिका रूपमा समेत देखिएको छ ।

गोविन्द गिरी प्रेरणा (अभिव्यक्ति, पूर्णाङ्क, ११५)


कोतपर्वकी महारानी राज्यलक्ष्मी

आकार सानो भए पनि तापनि महारानी राज्यलक्ष्मीको नाम, यसको प्रामाणिकतामा जोड, राजा राजेन्द्रविक्रम शाहसँग विवाहदेखि वाराणसीमा दुःखद् जीवन बिताउनु परेको र त्यस्तैमा दुःखद् अवसान भएको कुरालाई भरसक प्रामाणिक रूपमा प्रस्तुत गरिएको छ ।


बाबुराम (देशान्तर साप्ताहिक, २०५९ कार्तिक १० गते)

पुस्तक निकै उपयोगी र संग्रहणीय छ । लेखकको प्रस्तुतीकरणको शैली र विषयवस्तुको हिसाबले किताब पढ्न शुरु गरेदेखि अन्त्य नभएसम्म छोड्न मन लाग्दैन । इतिहासबारे जिज्ञासु र इतिहासका विद्यार्थीका लागि किताब झनै उपयोगी छ ।

खबरकागज, बिहिबार ५, मंसिर २०५९


बागकी कान्छीमैया

दीपकुमारीको जीवनीबारे कमै अनुसन्धान भएको र सम्ब्न्धित पुस्तकहरूमा थोरै उल्लेख गरिएको हुनाले उक्त पुस्तकलाई इतिहासविद्ले नौलो प्रयासको रूपमा सराहना गरेका छन् । विद्वान कमल दीक्षितका अनुसार बागकी कान्छीमैयाँ धेरैका लागि एउटा नाम मात्र थिइन्, तर यस पुस्तकले उनलाई इतिहासको एक महत्वपूर्ण पात्रका रूपमा प्रस्तुत गरेको छ । त्यो पर्वमा कान्छीमैयाको कति हात थियो भन्ने कुरा प्रकाश ए. राजको खोजीको अन्दाज गर्न सकिने उहाँको धारणा छ । नेपालमा राणाशासन शुरु भएपछि राणा र शाह परिवारबीच वैवाहिक परम्परालाई पुस्तकमा सुन्दर ढङ्गले वर्णन गरिएको छ ।

जितेन्द्र शाह


Back to top