को हुन् आदिवासी?

दोस्रो जनआन्दोलनपछि नेपालमा पहिचान, समावेशीकरण र सशक्तीकरण महत्वपूर्ण मुद्दा भएका छन्। सिमान्तकृत समुदायलाई मूलधारामा ल्याउनु पर्ने आवश्यता सबै सरोकारवालाले औल्याएको हुनाले यस विषयमा अहिले ऋकभलकगक भएको छ कि जस्तो देखिन्छ। यस्तो हुदाहुदै पनि केहि प्रश्नहरुले  अझ उतर खोजिरहेका छन्। नेपालको जनसंख्याको करिब एक तिहाई खस आर्य (पहाडे बाहुन, छेत्री, ठकुरी र सन्यासी) रहेका छन्। यिनको संख्या करिब नब्बे लाख होला र यीमध्ये जम्मै जसो हिन्दू धर्मवलम्बी र खस (नेपाली) मातृभाषा भएका छन्। जनआन्दोलन—२ पछि देशबाट एक धर्म (हिन्दू), एक भाषा( नेपाली) को एकाधिकार समाप्त गर्न अभियानको अन्तर्गत देशको एक तिहाई जनसंख्यालाई नै अन्य भनी पहिचान विहीन बनाइएको छ। जनजाति, मधेसी र दलित समुदायलाई जनसंख्यामा उनीहरुको प्रतिशत अनुसार संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फ आरक्षरण दिइएको छ। यी समुदायबाट समानुपातिकतर्फ को निर्वाचित हुने भनी मनोनयन गर्ने उतरदायित्व नेपाली जनतालाई नभई राजनैतिक दललाई दिइएको छ। कैयौं राजनैतिक दलमा आन्तरिक लोकतन्त्र छैन र समानुपातिकमा कसलाई चुनावको टिकट दिने भन्ने निर्णय धेरैजसो आन्तरिक लोकतान्त्रिक व्यवस्थाबाट नचुनिएका व्यतिहरअरुले गर्दछन्। भारतको ससंदमा दलितहरुलाई आरक्षण दिइएको छ। आरक्षण दिएको सिटमा प्रत्येक दलले दलित उम्मेदवार मात्र उठाउन पाउछन्। मतदान भने सबै समुदायका मतदाताले गर्न पाउछन्।  मतदान भने सबै समुदायका मतदाताले गर्न पाउछन्। नेपालीमा मंसिरमा हुने संविधानसभाको चुनावमा प्रत्यक्ष तर्फ आ नो आ नो क्षेत्रमा सबै मतदाताले मतदान गर्न पाउछन् भने समानुपातिक तर्फको व्यवस्था बेग्लै छ। यसै सन्दर्भमा “को हुन् आदिवासी’’ भन्ने प्रश्न पनि महत्वपूर्ण र विचारणीय भएको छ। बालकृष्ण माभबुहाङले कान्तिपुर (२०७०/०५/११) मा लेखेको “को हुन् आदिवासी” शीर्षक लेखेका प्रस्तुत भएका केही तर्कहरु केलाउनु यो लेखको उद्देश्य हो। बालकृष्ण शब्द पनि हिन्दु देवताकै नाम हो तसर्थ म उहालाई माबुहाङ मात्र भनेर सम्बोधन गरेको छु। माबुहाङको भनाई छ हिन्दूहरु नेपाल प्रबेश गरेको मुगलको अतिक्रमण पछि मात्र हो । उनको भनाइलाई मान्ने हो भने त्यसभन्दा अघि नेपालमा कोही हिन्दू नै थिएन। पूर्वी तराईको मिथिला क्षेत्रमा बसोबास गर्ने मैथली भाषी समुदाय राजा जनकको समयदेखि त्यहा छन्। के उनीहरु आदिवासी र अहिले पनि अधिकांश हिन्दू धर्मवलम्वी होइनन्?

‘’को हुन् आदिवासी’’ शीर्षक लेखको अन्तमा माबुहाङले “बाबुराम कथित बाहुन,क्षेत्री, ठकुरी, सन्यासी र दलितले आफू पनि आदिवासी हुनपर्ने भनेर गरेको बेमैसमी आन्दोलन र त्योसाग गरेको सम्झैताको धरातमा ल्याइएको हो”। नेपालको जनसंख्या करिब एक तिहाई जम्मा नब्बे लाख मानिसले समस्या सम्बोषधन गर्ने आन्दोलनलाई बेमैसमी भन्ने धृष्टता माबुहाङले कसरी गरे? इतिहासकार दिनेशराज पन्तले (मिर्मिरे पत्रिका, पूर्णाक्त २७७,२६५ नेपालको समन्वयात्मक सामाजमा बाहुन,क्षेत्रीको अस्तित्व) काठमाडौँ उपत्यकाको सबभन्दा पुरानो पाचौ शताब्दी मानदेवको अभिलेखमा बाहुन,क्षेत्री यहा रहेको कुरा उल्लेख भएको र अरु लिच्छवीकालिन अभिलेखमा समेत यस्तो भएको कुरा लेखेका छन् । शेर्पाहरुको बारेमा अध्यापन गर्ने ब्रिटिश नृवंशशास्त्री हाईमनडफले खुम्बु क्षेत्रमा शेर्पाहरु तिब्बतबाट आएको कुरा उल्लेख गरेका छन् जब गोरखामा ठकुरी राजा द्रव्य शाह राज्य गरिरहेका थिए। अहिले शेर्पा आदिवासी भएका छन् तर क्षोत्री, बाहुन, ठकुरी अन्य भएका छन्। संयुक्त राष्ट्र संघको श्रम संगठन ९क्षेइ ज्ञटढ० को आदिवासी सम्बन्धी सन्धिलाई नेपालले अनुमोदन गरेको छ। बीस वर्षमा केवल २१ देशले अनुमोदन गरेका छन,। यी मध्ये आधा त लौटिन अमेरिकाका हुन्। नेपाल बाहेक अन्य कुनै एशियाली देशले यसलाई अनुमान गरेको छैन। रुस र अमेरिकाले पनि यस सन्धिलाई अनुमोदन गरेका छैनन्। भारत, चीन, रुस र अमेरीकामा आदिवासी रहेका छन्। यो अभिसन्धिलाई विगत सन्दर्भमा ‘’को हुन आदिवासी’’ भन्ने प्रश्न अहिलको नेपालको लागि अति सान्दभर्सिक छ।

नेपालमा विकासका विभिन्न सूचांक जस्तो प्रतिव्यत्ति आय, सारक्षकरणको आधारमा क्ष्ऋइ:इम नामक संस्थाले

सबभन्दा पछाडी परेको क्षेत्र कर्णाली अञ्चल र भेरी, सेती र महाकाली अञ्चलको पछाडी भागका जिल्ला भनेर तथ्यात्त निकालेको थियो। नेपालको जनगणना अनुसार यी जिल्लाको आधा भन्दा  बढी जनंसख्या खस आर्य ( मुख्यत: क्षेत्री, बाहुन) को रहेको थियो। नेपालको सबभन्दा सीमान्तिकृत इलाका निवासीलाई ‘’ आदिवासी ‘’ मान्ने कुरामा कसैलाई  किन आपत्ति भएको होला? इतिहासको कुनै कालखण्डमा नेपालको शाह र राणाहरुले शासन गरेर विभेद रहयो भन्दैमा ९० लाख खस आर्य समुदाय सबै जना यसको निम्ति उत्तरदायी थिए भनी उनीहरुलाई संघीय शासनमा आ नो राज्य पनि नदिने, बिना पहिचान ....अन्य बनाउने प्रवृत्तिले संविधानसभा—२को चुनाव भए पनि नया संविधान बन्दैन र शान्ति पनि हुदैन।

Back to top